न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डाै - शुक्रबारदेखि काठमाण्डौमा हुन लागेको यू–१८ साफ फुटबल प्रतियोगिताका लागि नेपाली टिमको कप्तानमा जय गुरुङ चयन भएका छन् ।
यसअघि यू–१८ टिमका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिता खेल्ने २३ जनाको सूची मंगलबार सार्वजनिक गर्नुभएकाे थियाे । नेपाली टिमको मिडफिल्डरको रुपमा भूमिकामा हुने जयलाई टिमको कप्तान पनि बनाइएको हो । जयले यसअघि ब्रिगेड ब्वाइज क्लबको पनि कप्तानी गरेकाले अनुभव काम लाग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपालले यू–१८ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा शुक्रबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा नेपाल र माल्दिभ्ससहित भुटान पनि रहेको छ । समूह बी मा श्रीलंका, बंगलादेश र भारत रहेका छन् । साफमा पाकिस्तान पनि रहे पनि उसले अन्तिम समयमा प्रतियोगिता नखेल्ने जनाएको थियो । दुवै टिमका शीर्ष २ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।