प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
धादिङ - धादिङको नीलकण्ठ नगरपालिका-६, सुनौलाबजारमा मंगलबार राति पहिरोमा परेर एक जनाकाे ज्यान गएकाे छ ।
रिजाल गाउँका ३२ वर्षीय विष्णुबहादुर हमालको मंगलबार पसलबाट घरतिर जाँदै गर्दा पहिरोमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
पसलबाट किला किनेर ल्याउँदै गर्दा डोरढुङ्गा भन्ने ठाउँमा हमालकाे ज्यान गएकाे उद्धारमा संलग्न ध्रुब श्रेष्ठले बताउनु भयो । यसैगरी लगातारको वर्षाले धादिङबेसी सल्यानटार सडक, धादिङबेसी तिप्लिङ सडक, धादिङबेसी फोस्रेटार सडक, सुनौलाबजार सडकलगायतका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।