कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम र लिङ्कडइन पनि सञ्चालनमा ल्याइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाण्डौमा एक कार्यक्रमका बीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरुको जानकारी दिने उद्देश्यका साथ तयार पारिएको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका ह्याण्डलहरुको एकैसाथ शुभारम्भ गर्नुभएको हो ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाइटहरुमा www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np रहेका छन् । त्यसैगरी सामाजिक सञ्जालको ह्याण्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको तयारीको कामलाई तीव्रता दिने क्रममा यसको आधिकारिक वेबसाइटहरुको पनि शुभारम्भ गरिएको बताउनु भयो ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइटमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपालसम्बन्धी जानकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुको पनि सन्दर्भ सामग्रीहरु भिडियोमार्फत सार्वजनिक गरिनेछ । मन्त्री भट्टराईले यी वेबसाइटहरुबाट नेपाल भ्रमण वर्षको तयारीका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न पनि सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभयो ।
मन्त्री भट्टराईले यसअघि ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन उद्योगी, व्यवसायी र कलाकारहरुसँग छलफल गर्नुभएको थियो ।