मौसममा सुधार हुँदै

 असोज २, २०७६ बिहिबार ८:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबारदेखि मौसममा सुधार हुन थालेको छ । दुई दिन लगातार झरी परे पनि बिहीबार बिहानदेखि झरी कम भएको छ । केही ठाउँमा सामान्य वर्षा भइरहे पनि दिउँसोदेखि मौसम खुल्ने मौसमविद्ले बताएका छन् । 

मंगलबार र बुधबार वर्षा गराएको मौसमी प्रणाली केही कमजोर बनेकाले बिहीबार कम मात्रै पानी पर्ने मौसमविद् राजु प्रधानाङगले बताउनुभयो । उहाँका अनुसार बिहीबार दिउँसोपछि धेरै ठाउँमा घाम लाग्नेछ भने केही ठाउँमा सामान्य वर्षा हुनेछ । 

यसैबीच यो वर्ष पनि मनसुन लम्बिने देखिएको छ । मनसुन सकिन अब ५ दिन मात्र बाँकी भए पनि लम्बिने देखिएको मौसमविद् प्रधानाङगले बताउनुभयो ।

मनसुन सामान्यतया जुन १० मा नेपाल प्रवेश गरेर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । यो वर्ष १० दिन ढिलो गरी गएको असार ५ गते नेपाल प्रवेश गरेको मनसुन केही दिन लम्बिने भएको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया