सरकारी स्वास्थ्य संस्थाको ओपीडीतर्फको टिकट आज निःशुल्क हुने

 असोज २, २०७६ बिहिबार ९:३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारी अस्पतालमा बिहीबार निःशुल्क जाँच हुने भएको छ । संविधान दिवसको अवसरमा सरकारले ओपीडी टिकट निःशुल्क वितरण गर्ने व्यवस्था गरेको हो । 

सरकारले देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकट निःशुल्क वितरण गर्न निर्देशन दिएको छ । शुक्रबार परेको संविधान दिवसको अघिल्लो दिन सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकटको पैसा नलिन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो । 

मन्त्रालयले सूचना निकालेर संविधान दिवस भव्यताकासाथ मनाउन भन्दै बिहीबार ओपीडी टिकटको पैसा नलिन निर्देशन दिएको हो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया