प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
उहाँले शुक्रबार संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्नुहुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएपछि बिहीबारका लागि तय भएको सम्बोधन स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।
उहाँको सट्टामा संसद बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गर्ने तयारी भैरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो ।
संसद बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्री ओलीले जानकारी गराउने कार्यक्रम तय भएको थियो ।
गएको वैशाख १६ बाट सुरु भएको संसदको चौथो अधिवेशन बिहीबार सकिँदैछ ।