५ हजार रुपैयाँ घुस लिने प्रहरी र ८ हजार रुपैयाँ घुस लिने नापी सर्वेक्षक पक्राउ

 असोज २, २०७६ बिहिबार १५:१०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ५ हजार रुपैँया घुस लिँदै गर्दा काठमाण्डौको थलीबाट एक प्रहरी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग थली, काठमाण्डौमा कार्यरत प्रहरी नायब निरीक्षक बिपिन चन्द्र पन्तले सवारी दुर्घटनापछि सहमति गराउने क्रममा ५ हजार रुपैँया घुस लिइहेको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनी थलीकै साथीभाइ रेष्टुरेन्टबाट पक्राउ परेका हुन् ।

यस्तै नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशी ८ हजार रुपैँया घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग नजिकैको एक होटलबाट ८ हजार रुपैँया घुस लिँदालिँदै जोशी पक्राउ परेको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया