साफ यू–१८ च्याम्पियनशिप शुक्रबारदेखि: उद्घाटन खेल नेपाल र माल्दिभ्सबीच हुने

 असोज २, २०७६ बिहिबार १८:२७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा शुक्रबारदेखि सुरु हुने साफ यू–१८ च्याम्पियनशिपकाे उदघाटन खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

बिहीबार आयोजित भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल उपाधि रक्षाको अभियानमा रहेको र त्यसका लागि पहिलो खेलदेखि नै जित निकाल्ने लक्ष्यमा रहेको बताउनुभयाे ।

यसका साथै उहाँले माल्दिभ्स टिम राम्रो भए पनि घरेलु मैदानमा नेपाललाई फाइदा रहेको बताउनुभयाे । हलचोकमा रहेकाे सशस्त्र प्रहरी बलको मैदानमा हुने खेल दिउँसो तीन बजेबाट सुरु हुनेछ ।

नेपाली टिमको कप्तानी जय गुरुङले गर्दैछन् । यता माल्दिभ्सले पनि नेपाली टिमविरुद्ध आक्रामक खेल खेल्ने लक्ष्य रहेको बताएको छ।

नेपाली टिमका प्रशिक्षक श्रेष्ठले यसपटकले टिम निकै ब्यालेन्स रहेको र स्ट्राइकरमा मनिश डाँगी आएपछि टिम झन बलियो भएको बताउँदै साविक विजेताको नाताले नेपाललाई जित्नैपर्ने दबाब रहेको भए पनि मैदान विना दबाब उत्रने उनले जानकारी दिनुभयाे ।

समूह ए मा रहेको नेपालले दोस्रो खेलमा भुटानसँग खेल्नेछ । यसका साथै कार्यक्रममा ट्रफी पनि सार्वजनिक गरिएको थियो । सबै टिमका कप्तानले एकसाथ ट्रफी सार्वजनिक गरेका थिए ।

यस्ताे छ नेपाली टिम

गोलकीपरः विशाल सुनार, सूर्य अधिकारी र पुजन होना

डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन

मिडफिल्डः शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा

फरवार्डः बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया