प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री आलमको निधनप्रति शाेक व्यक्त

 असार ३०, २०७५ शनिबार १३:५३:५७ | उज्यालो सहकर्मी

काठमाडाैैं - प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधनप्रति गहिरो शोक व्यक्त गर्नु भएको छ । 

शनिबार बिहान पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पुगेर प्रधानमन्त्री ओलीले पूर्व स्वास्थ्य राज्यमन्त्री आलमको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा उहाँको शुक्रबार साँझ निधन भएको थियो । 

शनिबार पूर्व राज्यमन्त्री आलमको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । 

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतम, उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुुर थापालगायतले उहाँको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

५३ वर्षीय आलमलाई बिहिबार गृह जिल्ला रौतहटमा गएको बेला हृदयघात भएको थियो ।

रौतहट क्षेत्र नम्बर २ का संविधान सभा सदस्यमा निर्वाचित हुनु भएका स्वर्गीय आलम ओली नेतृत्वको अघिल्लो सरकारमा स्वास्थ्य राज्यमन्त्री हुनुह्न्थ्यो । उहाँका श्रीमति, २ छोरा र १ छोरी रहेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया