एएफसी यू–१६ च्याम्पियनसिप छनाेट : ताजिकिस्तानसँग नेपाल ७-० ले हार्‍यो

 असोज ४, २०७६ शनिबार ६:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग लज्जास्पद नतिजा बेहाेरेकाे छ ।  शुक्रबार राति भएकाे खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भयाे ।

प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो ।

जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ ।

यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो ।

नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया