सीपीएल : बार्बाडाेसकाे दोस्राे जित, यस्ताे रह्याे सन्दीपकाे बलिङ

 असोज ४, २०७६ शनिबार ९:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यारेबियन प्रिमियर लिग (सीपीए() अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिन्डेट्सले दोस्रो जित निकालेको छ । बार्बाडोसले सेन्ट लुसियालाई ७१ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

सन्दीपको टिमले पहिला ब्याटिङ गर्दै ६ विकेट गुमाएर  १७२ रन बनाएको थियो । बार्बाडोसका लागि जस्टिन ग्रेभले सर्वाधिक ५७ रन बनाउँदा जोनाथन कार्टरले ३० रन बनाए । जोनसनले २८ रन बनाएका थिए । १७३ रनको लक्ष्य पछ्याएको सेन्ट लुसिया १४.५ ओभरमा १०१ रन मात्रै बनाउन सक्यो ।

आजको खेलमा सन्दीपले ४ ओभर बलिङ  गर्दा २९ रन खर्चिएर १ विकेट हात पारे ।

सन्दीपले आफ्नो पहिलो ओभर टिमको सातौं ओभरमा लिएर आएका थिए । पहिलो ओभरमा सन्दीपले ४ रन दिए । उनले दोस्रो र पाँचौं बल डट राखेका थिए भने बाँकी चार बलमा चार रन दिएका हुन् ।

नवौं ओभरमा  दोस्रो ओभर लिएर आएका सन्दीपले पहिलो बलमै चौका दिए । दोस्रो बल डट राखेका सन्दीपले गरेको तेस्रो बलमा भने टिमले विकेट लिन सफल भय ।

कोलिन डी ग्राण्डहोम रन आउट भएका थिए । तेस्रो ओभरमा सन्दीपले मात्र २ रन खर्चिए । १३ औं ओभरमा सन्दीपले पहिलो बलमा १ रन दिएका थिए । त्यसपछि लगातार दोस्रो, तेस्रो र चौथो बल डट राखे भने पाँचौं बलमा १ रन दिए भने अन्तिम बल पनि डट नै राखे । तीन ओभरसम्म सन्दीपले १३ रन खर्चिएका थिए ।

तर चौथो ओभरमा भने उनी महँगो सावित भए । १५ औं ओभरमा अन्तिम स्पेल लिएर आएका सन्दीपले सुरुका २ बलमा लगातार छक्काको सामना गरे । तेस्रो बलमा १ रन दिएका सन्दीपले चौथो बलमा ३ रन दिन पुगे । पाँचौँ बलमा भने उनले विकेट लिन सफल भए । हार्डस भिल्जोनलाई आउट गर्दै टिमलाई नवाैँ सफलता दिलाए ।

भिल्जोनले नै आक्रमक ब्याटिङ गर्दै २० बलमा ३१ रन बनाएका थिए भने सन्दीपलाई लगातार २ छक्का प्रहार गरेका थिए । दशौँ ब्याट्सम्यानका रुपमा आवेट म्याक्वेव घाइते भएका कारण ब्याटिङमा नउत्रिएपछि सन्दीपको टिम बार्बाडोस ७१ रनले विजयी हुन पुग्यो ।

सन्दीपले आज ३.५ ओभर बलिङ गर्दा २९ रन खर्चिएर १ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया