संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन परराष्ट्र मन्त्री ज्ञवाली शनिबार न्यूयोर्क जाँदै

 असोज ४, २०७६ शनिबार ११:३८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली शनिबार अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।

संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन उहाँ शनिबार राति साढे ९ बजे न्यूयोर्क जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओली महासभामा सहभागी नहुने भएपछि परराष्ट्र मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न लाग्नुभएको हो ।

उहाँले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्कमा रहँदा परराष्ट्र मन्त्री ज्ञवालीले साकर्का विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने, अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेलगायत कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवाली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया