चितवन मेडिकल कलेजको शुल्क विवाद समाधानका लागि वार्ता सुरु

 असोज ४, २०७६ शनिबार ११:५१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवन मेडिकल कलेजमा देखिएको शुल्क विवाद समाधानका लागि वार्ता भइरहेको छ ।

मेडिकल कलेजका सञ्चालक हरीश न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्द, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतबीच जिल्ला प्रशासन कार्यालय चितवनमा अहिले वार्ता चलिरहेको हो ।

सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प छ । कलेजको २६ वटा संकायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

कलेजले, सरकारले तोकेभन्दा १२ देखि १५ लाख रुपैयाँसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने विद्यार्थीको माग छ । तर अस्पतालका सञ्चालक हरीश न्यौपानेले भने सरकारले भनेभन्दा बढी रकम नलिएको बताउनुभएको छ ।

चिकित्सा शास्त्र अध्ययन सस्थान आईओएमले एमबीबीएसका लागि शैक्षिक शुल्क ४२ लाख रुपैयाँ तोकेको र अन्य परीक्षणलगायतका केही शुल्क पारदर्शी रुपमा नै लिएको उहाँको भनाइ छ ।

त्यस्तै शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो । 

सम्बन्धित समाचार

 


अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया