सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
चितवन मेडिकल कलेजमा देखिएको शुल्क विवाद समाधानका लागि विभिन्न बुँदामा सहमति भएको छ ।
सहमति भएको पहिलो बुँदामा विद्यार्थीबाट बढी लिइएको रकम फिर्ता गर्ने वा साविक (पहिले) कै शुल्कमा समायोजन गर्ने रहेकाे छ ।
त्यसैगरी विद्यार्थीहरुले आन्दोलन फिर्ता गर्ने र आइतबारदेखि पढाइ सुरु गर्ने सहमति पनि भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र नेपाल सरकारसँग भएको सहमतिअनुसार कार्तिक १८ गतेभित्र रकम फिर्ता गर्ने तय भएको छ ।
रसिद नलिइकन विद्यार्थीसँग पैसा लिइएको सम्बन्धमा विद्यार्थी, कलेज प्रशासन, प्रशासन अधिकृतलगायत सात सदस्यीय समिति गठन गरिएकाे छ ।
त्यसैगरी अन्य आन्तरिक विवादमा विद्यार्थी र कलेज प्रशासन मिलेर वार्ताको माध्यमबाट समाधान खोज्ने सहमति भएको छ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।