साफ यू–१८ फुटबल च्याम्पियनशिप: बंगलादेशले श्रीलंकालाई तीन-शून्यले हरायाे

 असोज ४, २०७६ शनिबार १८:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साफ यू–१८ फुटबल च्याम्पियनशिप अन्तर्गत समूह चरणको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३-० ले पराजित गरेको छ । 

सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा बंगलादेशको जितमा मोहम्मद फाहिमले दुई गोल गरे । खेलको पहिलो मिनेटमा नै यासिन अराफातले गोल गर्दै बंगलादेश टिमलाई अग्रता दिलाए । उनले कर्नरबाट आएको बललाई हेडमार्फत पोस्टको दिशा देखाए । 

खेलको सुरुवातमा नै बंगलादेशले अग्रता बनाउँदा श्रीलंकाले भने खासै राम्रो अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा १ गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा पनि श्रीलंकालाई दबाब राख्दै ७६ औंँ मिनेटमा दोस्रो गोल गर्‍याे । उसका लागि मोहम्मद फैजल अहमेद फाहिमले गोल गर्न सफल भए ।

त्यसपछि ८६ औंँ मिनेटमा बंगलादेशले तेस्रो गोल थप्यो । उसका लागि मोहम्मद फैजल अहमेद फाहिमले नै गोल गरे । श्रीलंकाका तीन जना खेलाडीलाई छलाउँदै उनले गोल गरेका थिए ।

त्यसपछि खेलको अन्तिममा बंगलादेशले अर्को गोलको अवसर पाउँदा त्यो पनि सफल हुन सकेन । जितसँगै बंगलादेशले सेमिफाइनलको यात्रा लगभग पक्का गरेको छ ।

यो समूहमा बंगलादेश र श्रीलंकासँगै भारत रहेको छ । समूहका शीर्ष दुई टिमले सेमिफानलमा स्थान बनाउनेछन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया