डुबेर एक बालिकासहित दुई जनाको ज्यान गयो

 असोज ५, २०७६ आइतबार ८:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – धनुषा र महोत्तरीमा पानीमा डुबेर एक बालिकासहित दुई जनाको ज्यान गएको छ ।

जितिया पर्वको अवसरमा शनिबार दिउँसो धनुषाको पोर्ताहा र सिरहाको बन्दिपुरस्थित कमला नदीमा आमासँगै स्नान गर्न गएकी एक बालिकाको डुबेर ज्यान गएको छ ।  

ज्यान गुमाउनेमा सिरहाको मिर्चैया नगरपालिका–६ बस्ने संजीव साहकी ९ वर्षकी छोरी प्रकृति रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पानीमा डुबेर बेहोस भएकी बालिकाको उपचारको लागि धनुषाको गोदारमा रहेको समर हेल्थ केयरमा लगिएको थियो । बालिकाको उपचारकै क्रममा ज्यान गएको हो ।

यस्तै, महोत्तरीको बर्दिबास नगरपालिकामा माछा पोखरीको सुरक्षार्थ खटिएकी एक महिलाको शनिबार डुबेर ज्यान गएको छ ।

बर्दिबास नगरपालिका–१२ बिजलपुरामा माछा पोखरी हेरचाह गर्न बसेकी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने केदार सुवेदीकी श्रीमती ३४ वर्षकी मिना सुवेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया