बालाकोटमा फेरि सक्रिय बन्यो जैश–ए–मोहम्मदको संगठन

 असोज ५, २०७६ आइतबार १०:४७:३८ | एजेन्सी
unn.prixa.net

बालाकोटको त्यो मदरसा जहाँ भारतीय वायुसेनाले हमला गरेको दाबी गरेको थियो ।

गएको फेब्रुअरी महिनामा भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको संगठनमाथि हमला गरेको दाबी गरिएको थियो । हमलाको सात महिनापछि फेरि यो संगठन अहिले सक्रिय भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

समाचारमा उल्लेख भए अनुसार भारतीय वायुसेनाको कारबाहीको सात महिनापछि चरमपन्थी संगठन जैश–ए–मोहम्मदले हमला भएको ठाउँ फेरि सम्पूर्ण रुपमा तयार गरेको छ ।

हिन्दुस्तान टाइम्सले प्रकाशन गरेको समाचारमा जैश–ए–मोहम्मदको संगठनले जम्मू–कश्मीर र भारतका अन्य विभिन्न क्षेत्रमा हमलाका लागि तालिम पनि दिइरहेको दाबी गरिएको छ ।

जैश–ए–मोहम्मदको संगठनले अन्तर्राष्ट्रिय निगरानीबाट बच्नका लागि नयाँ नामका साथ जम्मू कश्मीरको साथै गुजरात र महाराष्ट्रमा पनि हमला गर्न सक्ने समाचारमा उल्लेख  गरिएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया