रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर

 असोज ५, २०७६ आइतबार ११:२६:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा पुुगेको छ । 

आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ४९ पैसा रहेको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ । रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा पुगेको छ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा पुगेको छ । दिनार १ को खरिददर ३७२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८१ पैसा पुगेको छ । 

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३० पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८९ पैसा पुगेको छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया