‘कश्मीर मामिलामा भारतलाई लिएर टिप्पणी गर्न पाकिस्तान योग्य छैन’

 असोज ५, २०७६ आइतबार १२:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय कांग्रेसका वरिष्ठ नेता शशि थरुरले कश्मीर मामिलामा भारतलाई लिएर टिप्पणी गर्न पाकिस्तान पूरै योग्य नभएको बताएका छन् ।

पुने अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा भाग लिन पुगेका थरुरले राजनीतिक दलबीच आपसी मतभेद हुनसक्ने तर विदेश नीतिमा भने यसले कुनै भूमिका नखेल्ने बताए ।

उनले भने, ‘म बाहिरी देशहरुलाई एक प्रभावशाली सन्देश दिन चाहन्छु । हाम्रो देशभित्र हामीबीच विरोधाभास हुनसक्छ तर जब कुरा देश हितको आउँछ तब त्यो भारतीय जनता पार्टी (बीजेपी) वा कांग्रेसको विदेश नीति हुन सक्दैन । त्यो भारतको विदेश नीति हुन्छ ।’

नेता थरुरले घरेलु मुद्दालाई लिएर जहाँ जरुरत हुन्छ, त्यहाँ सरकारको आलोचना गर्ने बताए । तर उनले अन्तर्राष्ट्रिय स्थितिमा कश्मीर विषयमा भारतलाई लिएर कुनै टिप्पणी गर्न पाकिस्तान योग्य नभएको बताए ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया