ट्राफिक नियमको पूर्ण पालना गर्नुहाेस्, ट्राफिक समस्या समाधान हुन्छ : गृहमन्त्री थापा

 असोज ५, २०७६ आइतबार १३:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गर्नुभएको छ । 

गृहमन्त्री थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै देशमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान हुने स्पष्ट पार्नुभयो ।

आइतबार काठमाण्डौमा १५ दिने ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रमको शुभारम्भ गर्दै उहाँले उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न विकासका योजनाकार तथा नीति निर्माताहरुलाई पनि आग्रह गर्नुभयो ।

विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायातसम्बन्धी समस्या पनि स्वतः घटेर जाने गृहमन्त्री थापाको भनाइ छ । गृहमन्त्री थापाले सिंगो देश नै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढिकाले पनि यातायात क्षेत्रमा समस्या देखिएकोतर्फ सबैलाई सचेत गराउनुभयो ।

गृहमन्त्री थापाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया