धेरै अरिङ्गालले एकै पटक टाेक्दा गुल्मीमा एक बालकको ज्यान गयो

 असोज ५, २०७६ आइतबार १५:५२:२६ | देव पचभैया
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गुल्मी - अरिङ्गालले टोक्दा आइतबार गुल्मीमा एक बालकको ज्यान गएको छ ।

आइतबार बिहान विद्यालय जाने क्रममा बाटाेमा बाँदरले अरिङ्गाललाई जिस्काउँदा तितर बितर भएका अरिङ्गाल टोक्दा रुरु गाँउपालिका-१. गुल्मीका १२ वर्षीय पवन अधिकारीको ज्यान गएको हो ।

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि पाल्पामा रहेकाे युनाइटेड मिशन अस्पताल लैजाने क्रममा बाटौमै ज्यान गएको छिमेकी मधुसुदन ज्ञवालीले जानकारी दिनुभयो ।

मृतक पवनका बुवा दुबईमा रहेकाले बुवा नआउन्जेलसम्मका लागि शव अस्पतालमै राखिने आफन्तले जनाएका छन् ।आमा र छिमेकी एक बालिकासँगै विद्यालय जाँदै गरेका पवनलाई ६० ओटाभन्दा बढी अरिङ्गालले टोकेको र उनकी आमा र सँगै रहेकी बालिकालाई पनि १०/१५ ओटाले टोकेको छिमेकीले जनाएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया