सीपीएलमा बार्बाडोस पराजित, सन्दीपले लिए एक विकेट

 असोज ६, २०७६ सोमबार ८:२८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम बार्बाडोस ट्रिडेन्ट पराजित भएको छ ।

पानी परेपछि डीएल मेथड अनुसार गुयना बार्बाडोसविरुद्ध १२ रनले विजयी भएको हो । 

पहिला ब्याटिङ गरेको बार्बाडोसले सबै विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । बार्बाडोसका लागि जेपी डुमेनीले सर्वाधिक ३८ रन बनाए । क्रिस ग्रीनले सर्वाधिक ४ विकेट लए । १३९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको गुयनाले ९ ओभरमा २ विकेट  गुमाएर ६८ रन बनाएका बेला पानी परेपछि खेल रोकिन पुग्यो । 

त्यसपछि १४ ओभरमा ९४ रनको नयाँ लक्ष्य लिएर मैदान उत्रिए पनि ११ ओभरमा फेरि पानी परेपछि गुयनाले ११ ओभरमा ७० रनको नयाँ लक्ष्य पायो । तर ११ ओभरमा गुयनाले ८१ रन बनाएकाले गुयना विजयी भयो । बेण्डन किंगले नट आउट ५१ रनको पारि  खेलेपछि गुयनालाई जित निकाल्न सफल भयो । 

आजको खेलमा सन्दीप लामिछानले ३ ओभर बलिङ गर्दा २१ रन खर्चिँदै १ विकेट लिए । 

लगातार पाँचौ खेलमा टिममा परेका सन्दीपले पहिलो ओभरमा कसिलो बलिङ गर्न सफल भए ।

उनले यो ओभरमा एक छक्का खान पुगे । पहिलो बल डट फालेको सन्दीपले दोस्रो बलमा एक रन दिएका थिए । त्यसपछि तेस्रो बलमा हेमराजले छक्का प्रहार गर्दा त्यसपछिका लगातार २ बल डट फाले । अन्तिम बलमा उनले एक रन खर्चिए ।

ब्यक्तिगत दोस्रो तथा टिमका लागि आठौँ ओभरमा उनले मात्र ४ रन दिएर विकेट लिए । सन्दीपले पहिलो बलमा नै विकेट लिन सफल भए । उनले यो खेलमा पहिलो ओभरमा नै छक्का खाएका हेमराजलाई पेभेलियनको बाटो देखाए । उनले हेमराजलाई २० रनमा आउट गरे ।

त्यसपछि दोस्रो र तेस्रो बलमा एक एक रन दिएका सन्दीपले चौथो बल डट फाले । ओभरको पाँचौ बलमा उनले एक रन खर्चिन पुगे । त्यसपछि अन्तिम बलमा पनि एक रन दिएका उनले आफ्नो दोस्रो ओभरमा किफायती बलिङ गर्दे मात्र चार रन दिएर विकेट लिए ।

त्यसपछि ब्यक्तिगत तेस्रो तथा टिमको १० औं ओभरमा सन्दीप केही महंगो बने उनले यो ओभरमा २ चौका खान पुगे । यो ओभरमा सन्दीपले ९ रन दिए । 

ओभरको पहिलो बल डट फालेका सन्दीपले दोस्रो बलमा एक रन दिएका थिए । त्यसपछिका लगातार २ बल डट फालेका उनले अन्तिम २ बलमा चौका खान पुगे ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया