इण्डोनेसियामा हिंसा भड्किँदा एकैदिन २० जनाको मृत्यु, दर्जनौँ घाइते

 असोज ७, २०७६ मंगलबार ९:३८:५४ | एजेन्सी
unn.prixa.net

इण्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण कम्तीमा २० जनाको ज्यान गएको यहाँका अधिकारीहरूले बताएका छन् । घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो ।

‘मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ’ पपुवाका सैन्य प्रवक्ता एको दारियान्तोले बताए ।

घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । भवनहरूको आगो निभाइ सकिए पनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्न सक्ने सैन्य प्रवक्ता दरियन्ताले बताए ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया