नवलपरासी दुर्घटना अपडेट: ज्यान गुमाएका पाँचै जनाकाे पहिचान खुल्यो

 असोज ७, २०७६ मंगलबार ११:४०:५४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासीको कावासोती नगरपालिका –८, खरकट्टामा दुर्घटनामा परेर ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमा नेमा देवचुली नगरपालिका –१, केउरेनी घर भएका  दिपक भन्ने पूर्णबहादुर बि.क., देवचुली –५ , घर भएका  दिलबहादुर ढेँगा मगर, देवचुली नगरपालिका-१० घर भएका दिपेश राना ,त्यसै ठाउँका हिरा राना  र कैलालीकाे धनगढी– ११, घर भएका सुरज राना मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

सोमबार राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८, खरकट्टा जंगल क्षेत्रकाे पुर्व –पश्चिम राजमार्गमा लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँचै जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया