फ्रान्सेली फोटोग्राफर मिशेल मे को ‘फिफ्टीन इयर्स इन नेपाल’ तस्बिर प्रदर्शन हुने

 असोज ७, २०७६ मंगलबार १५:४३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - फ्रान्सका फोटोग्राफर मिशेल मेले नेपाल बसाइका क्रममा खिचेका तस्बिरहरुको प्रदर्शनी हुने भएको छ ।

यही असोज १० गते अर्थात् २७ सेप्टेम्बरदेखि एक महिनासम्म फ्रान्सका फोटोग्राफर मिशेल मे ले खिचेका तस्बिरहरुको प्रदर्शनी ‘फिप्टीन इयर्स इन नेपाल’ हुन लागेको हो । प्रदर्शनी ललितपुरको पाटन म्युजियममा सञ्चालन हुनेछ ।

तस्बिरमार्फत् विश्वभर नेपालको प्रचार गर्न सफल फ्रान्सेली फोटोग्राफर मिशेल मे ले नेपालको १५ वर्षे यात्रामा नेपालका सबैजसो जनजीविकालाई नजिकबाट नियालेर तस्बिर खिचेका छन् । यसै सन्दर्भमा कलाको विकास र विस्तारको लागि लागेको योङ पिकासो नाम गरेकाे संस्थाले मिशेलले आफ्ना जीवनमा १५ वर्षमा नेपालमा खिचेका तस्विरहरुलाई प्रदर्शनीको रुपमा ल्याउन लागेको हाे ।

प्रदर्शनीमार्फत नेपाललाई विश्वभरमा चिनाउन थप सहयोग मिल्ने तथा नेपालको कला, संस्कृति तथा पर्यटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताइएकाे छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया