रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण सुरु

 असोज ७, २०७६ मंगलबार २०:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नजिकै पर्ने टिमुरेमा सुख्खा बन्दरगाह निर्माण सुरु भएको छ ।

पहिलो चरणमा आयात गरिएका सामग्री राखिने  ठाउँको निर्माणको काम सुरु भएको हो । २०७५ असोजबाट निर्माण सुरु गर्ने योजना बनाइएको भए पनि प्राविधिक कारणले ढिलोगरी निर्माण सुरु भएको इन्टरमोडल यातायात विकास समिति रसुवाले जनाएको छ ।

चीन सरकारले ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ । चीन सरकारले निर्माण गर्ने भएकाले सामग्री तथा कामदार चीनबाटै आउने छन् । बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने सामग्रीको ‘मास्टर लिस्ट’ स्वीकृत भइसकेको छ भने चिनियाँ कामदारको भिसाको काम पनि सकाइएको छ ।

बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुई वटा जाँचपास स्थल रहने छ । बन्दरगाहमा तीन सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ ।

साढे ८ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी साढे ८ हेक्टर जग्गा अधिग्रहण गरिसकिएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया