वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी

 असोज ८, २०७६ बुधबार १२:४०:२० | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ ।

संघको २७ औँ साधारणसभाअन्तर्गत गएराति सम्पन्न चुनावबाट अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित हुुनुभएको छ । उहाँले ३३० मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रत्यासी प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिनुभएको थियो । 

संघको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी हुनुभएको छ ।

यस्तै सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले पनि जित हासिल गर्नुभएको छ ।

संघको अध्यक्षमा विजयी भएपछि गैरेले संघलाई सबै व्यवसायीको साझा मञ्चका रुपमा विकास गरेर लैजाने बताउनुभयो । संघको चुनावमा कूल ६२१ प्रतिनिधिले मतदान गरेका थिए ।

चुनावमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनी चुनाव प्रक्रियामा नै सहभागी भएका थिएनन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया