गण्डकी विकास बैंक मेगा बैंकसँग गाभिने

 असोज ८, २०७६ बुधबार २०:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । 

मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुवै बैंकको सञ्चालक समितिका सदस्यहरुलगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यो प्राप्तिपछि मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत् वृद्धि भइ देशकै एउटा ठूलो क वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताउनुभयो । गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन दर्ता गर्ने कामा यथाशीघ्र अघि बढाइने उहाँले जानकारी दिनुभयो । 

आषाढ मसान्त २०७६ को तथ्यांक अनुसार दुवै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब रुपैयाँ तथा कर्जा लगानीको आकार ९८ अर्ब रुपैयाँ रहेको र हालको शाखा संख्या १९१ पुगेको कम्पनीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया