ट्राफिक व्यवस्थापनका लगि काठमाण्डौका सडकमा खटिए ५०० स्वयंसेवक

 असोज ९, २०७६ बिहिबार १८:१३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रहरी उपरीक्षक रविकुमार पाैडेल

काठमाण्डाै - ट्राफिक प्रहरीले चाडपर्वको बेलामा ट्राफिक व्यवस्थापन सहज बनाउनका लागि ५०० जना स्वयंसेवक खटाएको छ । 

२३ कलेज, २ वटा क्लब, १६ वटा प्राइभेट कम्पनीका सहित १२ जना एयर होस्टेसलगायत रहेको स्वयंसेवकको टोलीले काठमाण्डौका विभिन्न चोकमा रहेर काम सुरु गरिसकेकाे छ ।

असोज ५ गते गृहमन्त्री रामबहादुर थापा बादलको आतिथ्यमा कार्यक्रमको सुरुवात भएको थियो । स्वयंसेवकहरुले असोज ५ गतेदेखि आउँदो १५ गतेसम्म काम गर्नेछन् । 

स्वयंमसेवकले यस अवधिमा बालबालिका,वृद्धवृद्धा तथा अपाङगता भएका व्यक्तिहरुलाई सहज रुपमा जेब्रा क्रसबाट बाटो काट्न सहयोग गर्ने, लेन अनुशासन पालना गर्न लगाउने, जथाभावी बाटो काट्न नदिनेलगायत ट्राफिक व्यवस्थापनका काम गर्नेछन् ।

कसैले नियम विपरीत काम गरेमा त्यसको जानकारी स्वयमंसेवकले ट्राफिक प्रहरीलाई गराएर कारबाही गराउन सक्नेछन् । स्वयंसेवक आफँैलाई भने कारबाही गर्ने अधिकार दिइएको छैन । 

स्वयमंसेवकका लागि ट्राफिक प्रहरीले असोज १ गते एक दिने अनुशिक्षण तालिम दिएको थियो । १० बजेदेखि ४ बजेसम्म सञ्चालन भएको तालिममा उनीहरुले गर्न हुने र गर्न नहुने कामको बारेमा प्रशिक्षण दिइएको थियो । 

स्वयंमसेवकका रुपमा उनीहरुसँग हुने अधिकार, कर्तव्य, दायित्व र गर्नुपर्ने कामहरु बारेमा तालिम दिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 
काठमाण्डौभित्रको ट्राफिक व्यवस्थापनको लागि सबैको सहयोगको अपेक्षा राख्दै यो कार्यक्रम सुरुवात गरिएको ट्राफिक महाशाखाको भनाइ छ ।

चाडपर्वको बेला हुने गाडी र नागरिकको धेरै चापलाई व्यवस्थापन गर्न ट्राफिक जनशक्तिको कमी हुने गर्दछ । यो कमीलाई पूर्ति गर्दै नागरिकहरुलाई पनि ट्राफिक नियम र व्यवस्थापनको बिषयमा जानकार बनाउन कार्यक्रमको सुरुवात गरिएको ट्राफिक प्रहरीका प्रवक्ता, उपरीक्षक रविकुमार पौडेल बताउनुभयो ।  

आकासेपुल र जेब्राक्रसबिना जथाभावी बाटो काट्ने, लेन अनुशासन नमान्ने, जथाभावी ओभर टेक गर्ने, जाँडरक्सी पिएर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने व्यक्ति तथा सवारीधनीहरुलाई सम्झाइ बुझांइ गर्नका लागि स्वयंमसेवकहरु खटिनेछन् ।

ट्राफिक व्यवस्थापनको बारेमा जानकार बनेर आफ्नो घरपरिवार तथा साथीहरुलाई ट्राफिक नियमको बारेमा सचेत बनाउन सकुन् र यसले राष्ट्रिय स्तरमा नै सबैमा ट्राफिक नियमको ज्ञान होस् भन्ने चाहना अनुरुप नै स्वयंसेवक खटाइएकाे प्रवक्ता पौडेलले बताउनु भयो । 

स्वयंमसेवकलाई काम गर्नका लागि ट्राफिक स्वयंसेवक पोसाक र परिचयपत्र वितरण गरिएको छ ।  

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया