७० वर्षको उमेरमा दुब्लो शरीर लिएर शहर घुमेकी ‘तिकिरी’को मृत्यु

 असोज १०, २०७६ शुक्रबार ९:२:४३ | एजेन्सी
unn.prixa.net

श्रीलंकामा ७० वर्ष उमेरको एक हात्तीले संसार छोडेको छ । एक महिना अघिसम्म दुब्लो शरीर लिएर श्रीलंकाको शहरमा घुमेकी ७० वर्षीया बूढी हात्तीको श्रीलंकाको राजधानी कोलम्बोबाट ८० किलोमिटर टाढा केगेलमा मंगलबार राति मृत्यु भएको हो । 

अधिकारीहरुले बुधबार हात्तीको मृत्यु भएको पुष्टि गरेका हुन् । ‘तिकिरी नामक यो हात्ती केही समय अघिदेखि बिरामी परेको थियो । 

विश्व हात्ती दिवसमा बुढी तिकिरी हात्ती मेलामा हिँडिरहेको तस्बिर सामाजिक सञ्जालमा आए पछि हात्तीको निकै चर्चा भएको थियो । पेराहेरा मेलामा बूढी तिकिरी हात्तीलाई अन्य ६० वटा हात्तीसँगै १० दिन सहर घुमाइएको थियो । 

तिकिरी हात्तीको दुर्बलता तथा कमजोर अवस्थालाई लिएर श्रीलंकामा जनावरको अधिकारको पक्षमा वकालत गर्नेहरुले सरकारको आलोचनासमेत गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया