दाङबाट २७ हजार रुपैयाँ दशैँ खर्च लिएर फर्किए दैलेखका राउटे

 असोज १०, २०७६ शुक्रबार २०:२९:२८ | हेमराज शर्मा
unn.prixa.net

काठमाण्डाै - जंगली जीवन बिताउँदै आएका राउटे समुदायलाई घोराही उपमहानगरपालिकाले दशैँ खर्चका रुपमा २० हजार रुपैयाँ प्रदान गरेको छ । त्यसैगरी  जिल्ला प्रशासन कार्यालयबाट पनि उनीहरुले ७ हजार रुपैयाँ बुझेका छन् ।

उनीहरुलाई खाजा, खाना खुवाएको र २० हजार रुपैयाँ दशैँ खर्च उपलब्ध गराएको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । त्यसैगरी नगद ७ हजार रुपैयाँ र उनीहरुलाई दैलेख जाँदासम्म भाडा नलाग्ने गरी बस समितिसँग समन्वय गरेर पठाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

 लोपाेन्मुख समुदायको सूचीमा रहेका राउटेहरुलाई केही वर्षदेखि सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।जंगलमा बस्ने, जंगलकै कन्दमूल तथा जीवजन्तुहरु मारेर खाने गरेका राउटेहरु दैलेखबाट दशैँ खर्च जुटाउन दाङमा आएका हुन् ।

सहायक मुखिया नारायणबहादुर शाहीको नेतृत्वमा बिहीबार बेलुका दाङ आएका राउटेहरु दशैँ खर्चका लागि शुक्रबार विभिन्न सरकारी कार्यालयमा पुगेका थिए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट उनिहरुले ७ हजार रुपैयाँ बुझेका छन् । नगद ७ हजार रुपैयाँ र उनिहरुलाई दैलेख जाँदा सम्म भाडा नलाग्ने गरी बस समिति सँग समन्वय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

दैलेखको एउटा जंगलमा बस्दै आएका झण्डै २ सय जना राउटेलाई दशैँ मनाउन १० वटा खसी बोका चाहिने शाहीको भनाइ छ । दशैँमा टीका लगाउने, नयाँ कपडा किन्ने, मासु खाने भन्दै उनीहरु अहिले विभिन्न जिल्लामा दशैँ खर्च जुटाउन हिँडेका छन् ।

अन्तिम अपडेट: चैत २१, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया