धादिङमा ट्रयाक्टर दुर्घटना : ११ जना मजदुर घाइते

 असोज ११, २०७६ शनिबार ११:३५:५३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – सडक निर्माणको काममा गइरहेको ट्रयाक्टर दुर्घटनामा परि ११ जना मजदुर घाइते भएका छन् ।

धादिङबेसी सल्यानटार सडक नव कान्तिपुर कन्स्ट्रक्सन निर्माणको काम गरिरहेका मजदुर बोकेको ट्रयाक्टर शनिबार बिहान पल्टिएर दुर्घटना भएको हो ।

मजदुर बोकेर काम गर्ने  ठाउँमा जाँदै गर्दा ना ६ त २७८० नम्बरको ट्रयाक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो ।

तीव्र गतिमा गुडेको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । घाइेतमध्ये तीन जनाको अवस्था सामान्य छ भने ८ जनाको अवस्था गम्भीर छ ।

घाइतेमध्ये जाजरकोट जिल्ला छेडागाँउ नगरपालिकाका कर्णबहादुर चदरालाई धादिङबेसी स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।

जाजरकोट जिल्लाबाट काम गर्न आएका हरिबहादुर शाही, कर्णबहादुर शाही, तेजबहादुर राउत, मेनबहादुर शाही, पूर्णबहादुर डाँगीलगायतका १० जना मजदुरको जिल्ला अस्पालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया