सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
नेपालमा भइरहेको साफ यू-१८ फुटबलको उपाधिका लागि आइतबार भारत र बंगलादेश आमने सामने हुँदैछन् ।
हलचोक मैदानमा आइतबार दिउँसो साढे २ बजेदेखि सुरु हुने फाइनल खेलमा दुवै टोली पहिलो उपाधिका लागि प्रयासरत हुनेछन् । भारत सन् २०१५ मा भएको पहिलो संस्करणको उपविजेता हो भने बंगलादेश दुई वर्षअघि भएको दोस्रो संस्करणको उपविजेता हो ।
दुवै संस्करणको उपाधि जितेको नेपाल भने घरेलु मैदानमा लज्जास्पद प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको हो ।
फाइनलअघि बिहान साढे १० बजेदेखि एन्फा कम्प्लेक्स मैदानमा हुने तेस्रो स्थानको प्लेअफ खेलमा भुटान र माल्दिभ्स खेल्दैछन् । सेमिफाइनलमा भुटानले बंगलादेशसँग र माल्दिभ्सले भारतसँग समान ४-० गोलअन्तरको पराजय ब्यहोरेका थिए ।