देवः विकास बैंक रकम ठगी प्रकरण : पक्राउ पूर्जी जारी गरिएका ३५ जना फरार, खाता खोलिदिनेहरु नै प्रहरी हिरासतमा

प्रहरीको अनुसन्धान उल्टो बाटोमा : पीडित

 असोज १३, २०७६ सोमबार ८:५४:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घोराहीमा रहेको देवः विकास बैंकमा भएको झण्डै १८ करोड हिनामिनामा प्रहरीले निर्दोष खातावालहरुले दुःख पाइरहेको पक्राउ परेकाका परिवारहरुले गुनासो गरेका छन् ।

प्रहरी हिरासतमा रहेका व्यक्तिहरुका परिवारले घोराहीमा पत्रकार सम्मेलन गरी बैंकको उच्च तहबाट अनुसन्धान थाल्नु पर्ने भए पनि प्रहरीले खातावाललाई मुद्धा चलाएर अन्याय गरेको गुनासो गरेका हुन् ।

खाता खोलेकै भर र खातामा पैसा हालेकै आधारमा आफ्ना परिवारका सदस्यलाई हिरासतमा राखेर मानसिक पीडा दिएको भन्दै उचित न्यायको उनीहरुले माग गरेका छन् । १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना तत्कालीन शाखा प्रमुख समिर बुढाथोकीले मात्रै गर्न नसक्ने भन्दै बैंकका उच्च तहका कर्मचारी र सञ्चालकहरुलाई अनुसन्धानको दायरामा प्रहरीले ल्याउनु पर्ने उनीहरुको माग छ ।

शाखा प्रमुख बुढाथोकीले जग्गा किन्न लागेको भनि आफूहरु सँग २० लाख रुपैयाँ सापटी लगेको र पैसा छिटो फिर्ता गर्न भनेपछि श्रीमानको खातामा ५ लाख रुपैयाँ फिर्ता गर्दा उल्टै हिनामिनामा संलग्न भएको भनि आरोप लागेको पीडित मतकुमार पौडेलकी श्रीमती भक्ति पौडेलले बताउनुभयो ।

अनुसन्धान प्रकृया निकै ढिला गरेको र पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउन नसक्नुले शंकास्पद देखिएको पीडितका परिवारले बताएका छन् ।

पक्राउ पूर्जी जारी भएका करिब ३५ जना व्यक्ति फरार रहेका छन् । बैंकले नै खातावालहरुको खाता प्रयोग गरेर पैसा हिनामिना गरेपछि ५४ जना कानुनी दायरामा परेका छन् । प्रहरीले भने अनुसन्धान भइरहेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया