जिम्बाब्वेले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

 असोज १४, २०७६ मंगलबार १९:०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले जिम्बाब्वेबाट १६१ रनको लक्ष्य पाएको छ ।

सिंगापुरको इन्डियन एसोसियशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो ।

नेपालले पहिलो ओभरमा नै विकेट लिन सफल भयो । नेपालका लागि सन्दीप लामिछानेले जिम्बावेको खाता नखुल्दै विकेट लिन सफल भए । जिम्बाब्वेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि ३० रनमा नेपालले दोस्रो सफलता हात पार्‍यो ।

सोमपाल कामीले रेगिस चाकवालाई मात्र ६ रनमा आउट गरे । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लियो । सन्दीपले जिम्बाब्वेको स्कोर ३८ रन हुँदा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भए ।

जिम्बाब्वेका पिटर मूर १४ रनमा आउट भए । चौथो विकेटका लागि कप्तान सिन विलियम्स र टिनोटेन्डा मुताेमबाेजीबीच ६० रनको साझेदारी भएको थियो । जसमा टिनोटेन्डालाई सोमपाल कामीले २० रनमा आउट गरे । सोमपालको यो व्यक्तिगत दोस्रो विकेट हो ।

त्यसपछि जिम्बाम्ब्वेका कप्तान सिनलाई पारस खड्काले ५३ रनमा आउट गरेपछि नेपालले पाँचौ सफलता हात पार्‍याे । ।

जिम्बाब्वेका लागि रिचमन्ड मुटुम्बामीले १७ रन बनाए  भने र्‍यान बर्लले २८ रनकाे याेगदान गरे ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया