पाटे बाघको आक्रमणबाट ज्यान गुमाएकाका परिवारलाई राहत प्रदान

 असोज १५, २०७६ बुधबार २०:५२:२६ | भावुक योगी
unn.prixa.net

बर्दिया - पाटे बाघको आक्रमणबाट ज्यान गुमाएकाका परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्जले १० लाख रुपैयाँ राहत प्रदान गरेको छ । 

ठाकुरबाबा नगरपालिका-१, भुरिगाउँका पहरिया थारू र गेरुवा गाउँपालिका-४ की रामकली शाहीका परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जनार्दन योगीलगायतको उपस्थितिमा राहत रकम प्रदान गरिएको हो । 

यसअघि मृतक पहरिया थारुका परिवारलाई काजकिरिया बापत निकुञ्जले ५० हजार रुपैयाँ प्रदान गरेको थियो । यस्तै वन्यजन्तुबाट ज्यान गुमाएका परिवारलाई राहत स्वरुप हाम्रो मध्यवर्ती साकोसबाट १० हजार रुपैयाँ र ठाकुरबाबा नगरपालिकाबाट १० हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।

वन्यजन्तुहरु गाउँ पसेर स्थानीयको ज्यान लिएमा नेपाल सरकारले १० लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्दै आएको छ । गएकाे भदौ ८ गते भुरिगाउँमा रहेकाे करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला ७० वर्षीया पहरिया थारूलाघ पाटे बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

घटनापछि बाघलाई डार्टगन (लठ्याउने सुई) प्रयाेग नियन्त्रणमा लिइएको थियो । गेरुवा गाउँपालिका-४ मा आक्रमण गरी रामकली शाहीकाे ज्यान लिने पाटे बाघलाई भने निकुञ्जको प्राविधिक टोलीले अहिलेसम्म् पनि नियन्त्रणमा लिन सकेको छैन ।

अन्तिम अपडेट: चैत १४, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया