पहिलाे टेस्ट: भारतकाे सम्मानजनक याेगफल, दक्षिण अफ्रिकाकाे साहसिक ‘फाइट ब्याक’

 असोज १७, २०७६ शुक्रबार १८:४५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतसँगको पहिलो टेष्टको पहिलो पारीमा दक्षिण अफ्रिकाले मध्यम प्रदर्शन गरेको छ ।

३९ रन बनाउँदा ३ विकेट गुमाएको अवस्थामा शुक्रबार तेस्रो दिनको खेल थालेको पाहुना टोली दक्षिण अफ्रिकाले तेस्रो दिनकाे खेल सकिँदा ८ विकेट गुमाएर ३ सय ८५ रन बनाएको छ ।

यो अवस्थामा दक्षिण अफ्रिका पहिलाे पारीमा २ विकेट बाँकी छँदा १ सय १७ रनले पछाडि छ । दक्षिण अफ्रिकालाई याे स्थितिसम्म पुर्‍याउन डिन एल्गरले १ सय ६० र क्विण्टन डी ककले १ सय ११ रनकाे महत्वपूूर्ण याेगदान दिए ।

बलिङतर्फ भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्या‍टिङ गरेको भारतले भने पहिलो पारीमा ७ विकेट गुमाएर ५ सय २ रन बनाएपछि पारी समाप्तिकाे घोषणा गरेको थियो ।

पहिलो पारीमा मायांक अग्रवालले २ सय १५ र रोहित शर्माले १ सय ७६ रनकाे याेगदान दिएका थिए भने कप्तान विराट काेहली, चेतेश्वर पुजारा र अजिंक्या रहाने भने थाेरै रनमै आउट भएका थिए । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया