ट्रकमा च्यापिएका चालकलाई उपचारका लागि बुटवल पठाइयाे, अवस्था गम्भीर

 असोज १८, २०७६ शनिबार १२:२५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा भएको सवारी दुर्घटनामा घाइते भएर च्यापिएका ट्रक चालकको उद्धार गरिएको हो । 

ट्रकमा च्यापिएका चालकको उद्दार गरी उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । शनिबार बिहान दुई बजे भालुबाङबाट लमहीतर्फ जाँदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र धनगढीबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस राप्ती गाउँपालिका–२ को बराखुट्टीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । 

ट्रकमा च्यापिएका चालकको  अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ११ जनाको दाङमै उपचार भैरहेको छ ।   

ट्रकले च्यापिएका चालकको झण्डै आठ घण्टापछि उद्धार गरिएको हो । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया