टी–२० सिरिज : नेपाल र हङकङबीचको खेल सवा ३ बजेपछि

 असोज १९, २०७६ आइतबार ७:३०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानसहित पाँच देश सम्मिलित टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आइतबार हङकङसँग खेल्दैछ । 

नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेपछि ओमानको अमेरटमा सुरु हुनेछ । त्यस्तै अर्को खेलमा ओमान र आयरल्याण्ड खेल्नेछन् । 

शुक्रबार भएका खेलमा हङकङले ओमानलाई र नेदरल्याण्ड्सले आयरल्याण्डलाई हराएका थिए । 

हङकङले दिएको ९७ रनको सहज लक्ष्य ओमानले १३ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो । 

अर्काे खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया