इराकमा सरकारविरोधी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १ सय पुग्याे

 असोज १९, २०७६ आइतबार २०:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

इराकमा चर्किएको सरकारविरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सख्या १ सय पुगेको छ भने चार हजारभन्दा धेरै घाइते भएका छन् ।

बढ्दो बेरोजगारी, गरीबी र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै एक हप्तादेखि राजधानी बगदादमा भइरहेको प्रदर्शनका सहभागीलाई  सरकारले हस्तक्षेप गरेपछि ज्यान गुमाउनेको संख्या बढेको बीबीसीले जनाएको छ ।

 

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यासका साथै लाठी प्रहार गरेको छ । यसैबीच संयुक्त राष्ट्रसंघले पाँचदिनदेखिको प्रदर्शन रोक्न इराकलाई आग्रह गरेको छ ।

संयुक्त राष्ट्र संघका इराकका विशेष प्रतिनिधि जेन्नी हेनिसले नागरिकको ज्यान जानु गैरन्यायिक हत्या भएको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्न र प्रदर्शन रोक्न पनि आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया