नेपाललाई दाेस्राे सफलता: करन केसीले लिए स्टालकाे विकेट

 असोज २०, २०७६ सोमबार ११:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच देश सम्मिलित टी-२० क्रिकेट श्रृङ्खलाकाे दाेस्राे खेलमा नेपाललाई दाेस्राे विकेट हात परेकाे छ ।

खेलकाे छैटाैँ ओभरकाे चाैथाे बलमा करन केसीले ननेदरल्याण्ड्सका स्टाललाई साेमपाल कामीकाे हातबाट क्याच गराएका हुन् । व्यक्तिगत २१ रन बनाएर खेलिरहेका स्टाल टिमकाे स्काेर ५० रन हुँदा आउट भएका हुन् ।

यसअघि, टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेदरल्याण्ड्सका टाेबियास भिसीलाई सन्दीप लामिछानेले आफ्नाे पहिलाे बलमै बाेल्ड गरेका थिए । भिसी दाेस्राे ओभरकाे पहिलाे बलमा टिमकाे स्काेर ९ रन हुँदा पेभेलियन फर्किएका हुन् ।

दाेस्राे ओभरमा बलिङ गर्न आएका लामिछानेले ओपनर भिसीलाई व्यक्तिगत ४ रनकाे अवस्थामा आउट गरेका हुन् । यतिबेला नेदरल्याण्ड्स ७ ओभरकाे समाप्तिमा २ विकेट गुमाउँदै ५४ रन बनाएर खेलिरहेकाे छ ।

यसअघि आइतबार भएकाे खेलमा नेपालले विनाेद भण्डारी र आरिफ शेखकाे याेगदानमा हङकङलाई ४ विकेटले हराएकाे थियाे । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया