पौडी खेल्ने क्रममा खोलामा डुबेर दश वर्षीय बालकको ज्यान गयाे

 असोज २०, २०७६ सोमबार १७:१९:१५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपुरको कावासोतीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर साेमबार एक बालकको ज्यान गएको छ ।

साेमबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा पर्वत जिल्लाकाे रानीपानी घर भएर कावासोती–१५ मा रहेकाे मामाघरमा बस्दै आएका दश वर्षीय बालक राजन भुषालको ज्यान गएको हो ।

भुषाल साथीहरुसँग कावासोती –१५ मा रहेकाे बाण खोलामा पौडी खेल्ने क्रममा डुबेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि कालिगण्डकी अस्पताल कावासोतीमा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया