अर्घाखाँची जीप दुर्घटना: ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो

 असोज २१, २०७६ मंगलबार ८:२२:२१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीको नरपानीमा साेमबार भएकाे जीप दुघर्टनामा ज्यान गुमाउने तीनै जनाको परिचय खुलेकाे छ ।

ज्यान गुमाउनेमा अर्घाखाँचीको ढाकाबाङ्गका वर्षीय घनश्याम खनाल र उहाँकी श्रीमती ४१ वर्षीय श्यामकला खनाल तथा कपिलवस्तुको गोरुसिंगेका दीलिप अधिकारीको रहेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा खनाल दम्पतीका दुई छाेरीसहित ६ जना घाइते भएकाका तीमध्ये चारजनालाई उपचारको लागि बुटवल पठाइएको तथा बाँकी दुई जनाकाे जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धीखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको जीप नरपानीको भिरबाट खस्दा साेमबार दुर्घटना भएकाे थियाे । 

अन्तिम अपडेट: चैत १६, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया