आयरल्याण्डसँग नेपाल १३ रनले पराजित

 असोज २२, २०७६ बुधबार १४:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच देशको सहभागिता ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरीजमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ ।

जवाफमा नेपालले १९ ओभर पाँच बलमा एक सय ३२ रनमा अलआउट भयाे । मध्यम सुरुवात गरेको नेपालको मध्य क्रमको ब्याटिङलाइन ध्वस्त भयो । एक सय रन बनाउँदा मात्र तीन विकेट गुमाएको नेपालले एक सय १६ रन पुर्‍याउँदा आठ विकेट खेर फालेको थियो ।

पहिलो विकेटका लागि कप्तान पारस खड्का र इशान पाण्डे विच २५ रनको साझेदारी भएको थियो । तर कप्तान पारस २५ रनमा पेभेलियन फर्किए । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।

सपछि इसान पाण्डे र आरिफ शेखबीच दोस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो । तर इशान २२ रनमा आउट भएपछि नेपालले ७३ रनमा दोस्रो विकेट गुमायो । नेपालको स्कोर एक सय रन हुँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी आउट हुन पुगे । जसका कारण नेपालले तेस्रो विकेट खेर फाल्यो । उनले २० बलमा १९ रन बनाए ।

त्यसपछि नेपालले लगातार २ विकेट गुमायो । विनोद भण्डारी मात्र एक रनमा आउट भएभने आरिफ शेख २६ रनमा विकेट किपरको हातबाट क्याच आउट भए । जसका कराण नेपालले एक सय एक रनमा पाँच विकेट खेर फाल्यो ।

नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । एक सय ११ रन हुँदा सोमपाल कामी ६ रनमा पेभेलियन फर्किए । लगत्तै सन्दीप जोरा र सन्दीप लामिछाने सस्तैमा आउट भएपछि नेपालले आठौं विकेट खेर फाल्यो । जोरा २ रनमा आउट भए भने लामिछाने मात्र एक रनमा पेभेलियन फर्किए ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि २५ रन चाहिएको थियो । जसमा करणले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरेका थिए । तर तेस्रो बलमा उनी बाउन्ड्रिमा क्याचआउट हुन पुगे । उनले १६ रन प्रहार गरे । जसका कारण नेपाल पराजित हुन पुग्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले आयरल्याण्डको स्कोर सात रन हुँदा पहिलो सफलता हात पार्‍यो । नेपालका लागि सन्दिप लामिछानेले विकेट लिन सफल भए । उनले ओपनर केभिन ओब्राइनलाई मात्र पाँच रनमा आउट गरे । जसका कारण आयरल्याण्डले सात रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि दोस्रो विकेटका लागि पउल र एन्डी बाल्करीन विच ८८ रनको साझेदारी भएको थियो । तर एन्डीलाई ललित राजवंशीले ३८ रनमा पेभेलियन फर्काए । त्यसपछि क्रिजमा आएका जर्ज डोकरेललाई दिपेन्द्रसिंह ऐरीले खाता खोल्न नपाउँदै आउट गरेपछि नेपालले ९६ रनमा तेस्रो विकेट लिन सफल भयो ।

आयरल्याण्डको स्कोर एक सय १२ रन हुँदा नेपालले चौथो विकेट लियो । अभिनाश बोहोराले विल्सनलाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।

त्यसको लगत्तै करण केसीले नेपालका लागि चौथो पाँचौ सफलता दिलाए । उनले मार्क अडायरलाई खाता खोल्न नदिदै आउट गरे । यो बेला आयरल्याण्डको स्कोर एक सय १३ रन थियो ।

आयरल्याण्डका पुछार तिरका खेलाडीलाई एकपछि अर्को रुपम आउट गरेको नेपालले एक सय २२ रन हुँदा सातौं विकेट लिन सपल भयो । नेपालका लागि सन्दीप लामिछानेले गारेथ डेलानेलाई चार रनमा आउट गरे । 

त्यसको लगत्तै अभिनाश बोहोराले पनि सिमी सिंहलाई पाँच रनमा पेभेलियन फर्काए जसका कारण आयरल्याण्डले एक सय २४ रनमा आठौं विकेट खेर फाल्यो । अन्तिममा स्टुवार्ट थमसनले अविजित रन बनाए ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया