अमेरिकी हवाई आक्रमणमा ३० जना सर्वसाधारणको ज्यान गयो

 असोज २२, २०७६ बुधबार १५:१२:३४ | एजेन्सी
unn.prixa.net

पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ । 

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति घाइते भएको बताइएको छ । जस मध्ये ३० जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा १४ बालबालिका र एक महिला रहेका पनि विज्ञप्तिमा जनाइएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया