कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिएको छ । जोन बी गुडनेफ, स्टानली ह्वीटीङ्घम र अकिरा योसिनोले रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।
उनीहरुलाई ‘लिथियम इयोन ब्याट्री’ निर्माणमा योगदान पुर्याएवापत नोबल पुरस्कार प्रदान गरिएको हो । लिथियम इयोन ब्याट्री मोबाइल फोनदेखि विद्युतीय गाडीमासमेत प्रयोगमा ल्याइन्छ ।
यस्तै, यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार २ जना स्वीस वैज्ञानिक र एक जना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन् ।
यसैगरी, सन् २०१९ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार २ जना अमेरिकी र एक जना बेलायती वैज्ञानिकलाई प्रदान गरिएको छ । मानव शरीरका कोषहरुको खोज एवं अनुसन्धान गरेबापत उनीहरुलाई पुरस्कार दिइएको हो ।