भोजपुरमा टेम्पो दुर्घटना : आठ वर्षीया बालिकाको ज्यान गयो, चार जना घाइते

 असोज २२, २०७६ बुधबार १७:३३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । 

दुर्घटनामा हतुवागढी–४ खैराङ बस्ने मिलन राईको ८ वर्षीया छोरी गुराँसको ज्यान गएको हो । हतुवागढी गाँउपालिकाको घोरेटारबाट होम्ताङ जाँदै गरेको को २ ह ७६८६ को टेम्पो पल्टिँदा घाइते भएकी बालिकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा ज्यान गएको हो । 

टेम्पोमा सवार चार जनाको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते हुनेहरुमा हतुवागढी गाउँपालिकाकाकै ४ वर्षीया रितु राई, २१ वर्षीया रिका राई, वर्ष १२ को अनिम राई  र टेम्पो चालक विजय राई रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया