पाँच देशको सहभागिता रहेको ट्वेन्टी ट्वेन्टी सिरीजमा नेपाल र ओमान खेल्दै

 असोज २३, २०७६ बिहिबार ९:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

ओमानमा जारी पाँच देशको सहभागिता रहेको ट्वेन्टी ट्वेन्टी सिरीजको अन्तिम खेलमा नेपालले बिहीबार घरेलु टिमविरुद्ध खेल्दैछ ।

ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसाे सवा तीन बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा सबैभन्दा बलियो टिमका रुपमा देखिएको ओमानविरुद्ध नेपालले जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ ।

ओमानले अहिलेसम्म तीन खेलमा तीनैमा जित निकालेको छ । भारत र पाकिस्तानका खेलाडी सम्मिलित टिम ओमानले घरेलु मैदानमा नेदरल्याण्ड, हङकङका साथै टेष्ट मान्यता टिम आयरल्याण्ड विरुद्ध ऐतिहासिक जित निकालेको थियो ।

यता नेपालले खेलेका तीन खेलमा दुईमा जित र एक हार ब्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल आयरल्याण्डविरुद्ध जितको नजिक पुगेर पनि हार्न पुगेको थियो । मात्र १३ रनको हार ब्यहोरेको नेपालले ओमानविरुद्ध पनि जितको लक्ष्य राखेको छ ।

विश्वकप छनोट खेल्ने तयारीमा रहेको ओमान र नेपाल लामो समयपछि खेल्दैछन् । यसअघि आयरल्याण्डमा भएको ट्वेन्टी ट्वेन्टी विश्वकप छनोटको वार्मअप खेलमा यी वर्षाले नतिजा भएको थिएन ।

ओमानको टिममा अनुभवी खेलाडीका साथै युवा खेलाडी पनि रहेका छन् । ओमानको तुलनामा युवा टिम नेपालले यो प्रतियोगितामा राम्रो खेल्दै आएको छ । 

विशेषगरी नेपाली बलरले विपक्षीलाई निकै दबावमा राखेका छन् । ओमान टिमको ब्याटिङ र बलिङको चुनौती खेप्नका लागि नेपाली टिमले योजनाबद्ध रुपमा खेल्न जरुरी छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया