बलात्कार आरोपमा कञ्चनपुरमा मालपोत कार्यालयका प्रमुख पक्राउ

 असोज २३, २०७६ बिहिबार १६:२६:४१ | रासस
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् ।

स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

‘महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ’, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भन्नुभयो, ‘घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।’

उहाँले मालपोत प्रमुख ऐडीसँग सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताउनुभयो ।

‘अहिलेसम्म मुद्दा दर्ता भएको छैन’, चन्दले भन्नुभयो, ‘घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

2 Comments

  • dhama paudyal

    Oct. 10, 2019, 4:48 p.m.

    त्यो शेर धन राइ को चाही पालो कहिले आउने त ?

  •  0 Reply
  • अनिल चन्द

    Oct. 10, 2019, 4:34 p.m.

    मालपाेत कार्यालय बाट सरुवा भई सक्याे उहाँकाे दुई महिना भयाे सरुवा भएकाे पनि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया