कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
सल्यान - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक जना नगर इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।
सल्यानको पश्चिम क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकाका नगर इन्चार्ज ५५ वर्षीय कालुराम वादीलाई प्रहरीले पक्राउ गरेको हो । वादीलाई घरमै बनाइएको कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत इन्स्पेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयाे ।
वादीलाई कर्णाली प्रदेश विशेष ब्युराेले बुधबार राति १० बजे पक्राउ गरेको थियो ।
बनगाड कुपिण्डे नगरपालिका-४ऽ च्युरा शितलनेटाबाट वादीलाई पक्राउ गरी बुधबार इलाका प्रहरी कार्यलय सल्लिबजार ल्याएर बिहीबार मात्र जिल्ला प्रहरी कार्यालय सल्यान ल्याइएको हो । सरकारले नेकपा विप्लव पार्टीलाई प्रतिबन्ध लगाएसँगै वादी भूमिगत रहेको प्रहरीको भनाइ छ ।